Monday, December 3, 2012

lyrics of gajalule aankha chopne by himalayan band

Artist: Himalayan Band

गाजलुले आँखै छोप्ने, के राम्री मेरी मायालु
बैंसले चटक्क पारेकि
गाजलुले आँखै छोप्ने, के राम्री मेरी मायालु
बैंसले चटक्क पारेकि

बादलुलाई छुन खोज्ने, जुन्किरी हुन खोज्ने
अन्धेरिलाई जित्न खोज्ने
बादलुलाई छुन खोज्ने, जुन्किरी हुन खोज्ने
अन्धेरिलाई जित्न खोज्ने
मायालुको बाटो हेर्दै, पिरतीको माला बुनी
पहिराउन कसरी जाने हो
ढाका सारी पैतला छेक्ने, के राम्री मेरी मायालु
पहाडमा खेलेर हुर्केकि
गाजलुले आँखै छोप्ने, के राम्री मेरी मायालु
बैंसले चटक्क पारेकि

ब्यर्थै टाढा नजाउ हजुर, माया छाडी नजाउ हजुर
मायालुले भन्छ मलाई
ब्यर्थै टाढा नजाउ हजुर, माया छाडी नजाउ हजुर
मायालुले भन्छ मलाई
अङ्गालोमा बसेर, मिठो हाँसो हाँसेर
लइजाउ साथ भन्छ नि मलाई
रातो लाछिले कपाल बाति, के राम्री मेरी मायालु
मेरै निम्ती मात्र हो हाँसेकि
गाजलुले आँखै छोप्ने, के राम्री मेरी मायालु
बैंसले चटक्क पारेकि
पहाडमा खेलेर हुर्केकि
मेरै निम्ती मात्र हो हाँसेकी