Saturday, October 20, 2012

lyrics of timi lai ma ka bhanu of Narayan Gopal


तिमीलाई म के भनुँ
तिमीलाई म के भनुँ
फूल भनुँ कि जून भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु भनुँ
तिमीलाई म के भनुँ

फूल फुलेको मौसममा
यो साँझको शीतल वातावरणमा
फूल फुलेको मौसममा
यो साँझको शीतल वातावरणमा
यो मनलाई कसरी सम्हालुँ म
नपिई बेहोश-बेहोश भएँ म,
कहिले नछुट्ने नशा भनुँ कि
फूल भनुँ कि जून भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु भनुँ
तिमीलाई म के भनुँ

केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा काँपेका अधर
केही झुके-झुकेका नजर
केही बोल्न खोज्दा काँपेका अधर
दुई आँखाका गहिरा ताल बीच
नसकी तर्न, डुबें डुबें म
कहिलै नछुट्ने तृष्णा भनुँ कि
फूल भनुँ कि जून भनुँ
फूल भनुँ कि जून भनुँ
उपमा धेरै म देउँ
तिमीलाई मनकी मायालु भनुँ
तिमीलाई म के भनुँ

No comments:

Post a Comment